दार्चुलामा पालिका चुनावमा भाग लिएका उम्मेदवारलाई खर्च विवरण बुझाउन आग्रह

दार्चुला । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई चुनावमा भएको खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउन आग्रह गरेको हो ।

पालिका चुनावमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका सबै उम्मेदवारहरुले खर्च विवरण पेश गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी प्रदिप सिह धामीले बताउनुभयो। दार्चुलाका ९ वटै स्थानीय तहमा ३२३ जना अहिले नयाँ उम्मेदवार भएका छन । ३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुन अनुसार कारवाही गर्ने समेत जिल्ला निर्वाचन अधिकारी धामीले बताउनुभयो ।

निर्वाचन आयोगले नगरपालिकाको हकमा प्रमुख वा उपप्रमुखले ४ लाख ५० हजारसम्म र वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले २ लाखसम्म खर्च गर्न पाउने रकमको सीमा तोकेको थियो । यस्तै गाउँपालिकाको हकमा अध्यक्ष वा उपाध्यक्षले ३ लाख ५० हजारसम्म र वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाउने रकमको सीमा तोकेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?