दार्चुला । जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ८ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भएका छन् । उनले १० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी)ले ८ मत प्राप्त गरिन् । जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो ।
एमाले एक्लै चुनाव लडेका थियो । समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन् ।
यस्तै तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्ट विजयी भएकी छन् । यस्तै एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया