दार्चुलाको बारिलमा आगो लगाएर एकल महिलाको हत्या, संकास्पद दुई जना पक्राउ

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । बारिलका ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिनुभयो । घर नजिकैको खरको लुटो (कुन्यू) मा आगो लगाएर ती महिलाको हत्या गरिएको बताइएको छ ।

घट्ना के कारणले घट्यो भन्नेबारे अनुसन्धानको लागि दार्चुलाका डिएसपी प्रतिक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पनि टोली परिचालन गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

एकल महिला खडायतलाई राती हत्या गरिएको अवस्थामा फेला पारेको शैल्यशिखरको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताउनुभयो । महिलाका श्रीमान सात वर्ष पहिले बित्नुभएको थियो । मृतकका दुई छोरी र एक छोरा रहेको बताइएको छ । घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरी निरीक्षक कार्कीले शंकास्पद दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको बताउनुभएको छ ।

तस्बिर: सामाजिक सञ्जालबाट साभार

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?