दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी एक जना युवाको मृत्यु भएको छ । रेडियो लोकदर्पणका नौगाड समाचारदाता प्रकाश धामीका अनुसार नौगाड गाउँपालिका वडा नम्बर ६ परीगाउँका मान बहादुर ठगुन्नाका २१ बर्षीया छोरा करन सिह ठगुन्नाको पहिरोमा परी ज्यान गएको हो ।
शनिबार (आज) बेलुकी साढे चार बजेको समयमा भटडाणाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक सुरज बहादुर सिंह नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मनसुन सक्रिय भएसंगै दार्चुलाका दर्जनौँ गाउँहरुमा बाढी, पहिरोको जोखिम बढेको छ । नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण बर्षेनी जनधनको क्षती हुने गरेको छ । विप्दबाट बच्नका लागि पुर्वसतर्कता अपनाउन सरोकारवालाहरुले अनुरोध गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया