भारतबाट गाउँ फर्किन महाकालीमा तुइन तर्दै गरेका सचिन बुढाथोकी नदीमा बेपत्ता

दार्चुला । दार्चुला ब्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङस्थित गोठाल घाटमा बुधबार (आज) तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी भारतबाट गाउँ फर्किन तुइन तर्नै थिए। तर, तुइन टुट्दा उनी नदीमा खसेर बेपत्ता भएका हुन्।

बेपत्ता युवकको जिल्ला प्रहरी कार्यालयको वडा नम्बर २ कै अस्थायी प्रहरी पोष्टका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ। गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए।

स्थानीयले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा नदीमा बेपत्ता भएको बताए पनि नेपाल र भारतको सरकारले यो कुरा स्वीकार गरेको छैन। अहिले फेरी सचिन बेपत्ता भएपछि गाउँ शोकमा डुबेको छ ।

बेपत्ताको खोजीमा महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?