दार्चुला । दार्चुला सदरमुकाम खलंगाका दुई वटा होटलबाट चार जना भारतीय नागरिकसहित १५ जना पक्राउ परेका छन् । होटलमा अनैतिक गतिविधि सञ्चालन भइरहेको सूचनापछि प्रहरीले केही होटलमा छापा मारेको जनाएको छ ।
खलंगा बजारका बोहरा र शिद्धटोपी होटलमा छापा मारेर यौनजन्य गतिविधिमा संलग्न १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पक्राउ पर्नेमा चार जना भारतीय नागरिक, एक जना इन्जिनियरसहित १५ जना रहेको बताइएको छ ।
शिद्धटोपी होटलबाट यौनजन्य क्रियाकलापमा संलग्न दुई जोडी र सञ्चालकलाई पक्राउ गरिएको छ भने बोहरा होटलबाट सञ्चालकसहित तीन जना युवती र छ जना युवालाई पक्राउ गरिएको छ ।
खलंगामा बिकृति बढ्दै गएको गुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको हो । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया