इन्सेकद्धारा आमाबुबा गुमाएकी बालिकालाई सहयोग

दार्चुला । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दार्चुलाले आमा बुबा गुमाएका एक बालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । इन्सेकले शैल्यशिखर नगरपालिका–१, बारिलका गौमती खडायतलाई मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

इन्सेक दार्चुलाले पीडित बालिकालाई न्यायको लागि १० हजार रुपैयाँ आर्थिक सहयोग हस्न्तान्तरण गरेको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जानकारी दिनुभयो । जिल्ला मानव अधिकार रक्षक सञ्जालको समन्वयमा इन्सेक धनगढीले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

गत जेठ २५ गते अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्यापछि गौमति बेसहारा बनेका छन् । बुबा केशव खडायतको सात वर्ष अघि मृत्यु भएको हो । आमा बुवा नभएपछि घरमा सहारा भनेको एक जना दाई मात्रै छन् ।

दाई परमानन्द खडायत र बहिन सरस्वती खडायत गरी ३ जना मात्रै छन् । दाईले भारतमा मजदुरी गरेर ल्याएको पैसाले अहिलेसम्म घर चलाएको भए पनि आमाको हत्यापछि दाई भारत जान नसकेपछि आर्थिक समस्यामा परेको गौमतिले सुनाउनुभयो । गौमति कृष्ण मावि बलाँचमा कक्षा १० मा अध्ययनरत छन भने बहिनी सरस्वती लटिनाथ आधारभूत विद्यालय बारिलमा कक्षा ८मा पढ्छन् ।

दुइ बहिनीको खर्च चलाउन धौधौ भएपछि पिडितले गत असार ५ गते इन्सेक दार्चुलालाई सहयोगको लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?