दार्चुलामा बलात्कृत हुनबाट जोगाएका व्यक्तिले नै पाए करणी मुद्दामा सजाय

दार्चुला । जिल्ला अदालत दार्चुलामा पीडितहरुको बयानका अनुसार निर्दोष साबित भएका एक अभियुक्तलाई सर्वोच्च अदालतले ४ वर्ष कैद सजायको फैसला सुनाएको छ। जिल्लाको दुहुँ गाउँपालिका– २ घर भएका अभियुक्त मान सिंह बडाललाई सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउदै ४ वर्ष कैद फैसला गरेको हो।

२०७१ साल वैशाख २० गते गाउँकै कुकुरेगाड खोलामा घट्ट पिस्न गएका साबिकको हुति गाविसका किशोरीमाथी बडालका अन्य दुईजना साथीहरुले जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। सोही आरोपमा एक नाबालिगसहित तीनै जनाविरुद्ध पिठो पिस्न आएका किशोरीहरुले सामूहिक रुपमा जबरजस्ती करणीको प्रयास गरेको आरोप लागाएका थिए।

सामूहिक रुपमा जबरजस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा २०७१ वैशाख २५ गते दार्चुला जिल्ला अदालतमा पीडित पक्षले उजुरी गरेको थियो। उक्त मुद्दा जिल्ला अदालत दार्चुलामा १ वर्षसम्म चल्यो। पीडितहरुको बयानका आधारमा जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले बडाललाई सफाई दिएको र अर्का अभियुक्तलाई नाबालक भनी सफाइ दिएको थियो। त्यस्तै अर्का एक अभियुक्तलाई ९ वर्ष जेल सजायको फैसला सुनाइएको थियो।
त्यसपछि ९ वर्ष जेल सजाय सुनाइएका अभियुक्तले उच्च अदालत दिपायलमा तीनै जनाले सामूहिक रुपमा करणी गरेको बताएका थिए। जबकी बडाललाई पीडितहरुकै बयानका आधारमा जिल्ला अदालतले सफाइ दिइसकेको थियो।

त्यसपश्चात २०७३ कात्तिक ९ गते न्यायाधीसद्धय यज्ञप्रसाद बस्याल र वीरेन्द्र कुमार कर्णको सयुक्त इजलासले जिल्ला अदालत दार्चुलामा ९ वर्ष कैद सजाय सुनाएका अभियुक्तको सजाय घटाएर ४ वर्ष, सफाई पाएका अभियुक्तलाई ४ वर्ष कैद र नाबालक अभियुक्तलाई २ वर्ष कैदको फैसला सुनायो।

उच्च अदालतको फैसला चित्त नबुझेकोले २ जना अभियुक्तले पुनः सर्वोच्च अदालतमा निवेदन दिए। अभियुक्त बाहिर बसेको बेला मुद्दा चलाउन नपाइने भन्दै सर्वोच्च अदालतले दुई जना अभियुक्तलाई फागुन १८ गते महेन्द्रनगमा थुनछेकको आदेश दियो। उनीहरुलाई महेन्द्रनगर थुनामा ४ महिना राखेपछि सर्वोच्चले धरौटीमा रिहा गरी तारेखमा छोड्यो।

त्यसपछि जिल्ला अदालत दार्चुलाले ९ वर्ष जेल सजाय सुनाएका अभियुक्तलाई दार्चुला जिल्ला करागारमा राखियो। पुनः उनी धरौटीमा रिहा भए। जिल्ला अदालत दार्चुला र उच्च अदालत दिपायलको फैसालमाथि छानबिन गरी सर्वोच्च अदालतले २०७८ पुष ९ गते उच्च अदालतको फैसला मिलेको देखिँदा सदर गरी ३ जना अभियुक्तलाई आधार मान्दै २ जनालाई ४ वर्ष कैद र १ जना नाबालकलाई २ वर्ष कैद फैसला सुनायो।

सर्वोच्च अदालतको उक्त फैसलामा जाहेरीबालाहरुले जिल्ला अदालतमा उपस्थित भई अभियुक्त मानसिंह बडालको हकमा ‘यो व्यक्ति निर्दोष हो’ भनी बयान दिएका थिए। सर्वोच्चले आफूमाथि पनि सजायको फैसला सुनाएपछि बडाल न्यायको खोजीमा छन्। आफू घटना घटेको ठाउँमा भएको भएपनि घटनामा आफ्नो कुनै संलग्नता नरहेको उनी बताउँछन्।

उक्त कुरा पीडित पक्षले समेत स्वीकारेका छन्। सर्वोच्चको फैसलाले आफूहरुको चित्त दुखेको उनीहरुको भनाई छ। ‘त्यो दिन मानसिंहले हामीलाई बचाएर घरसम्म पुगाएका थिए। तरउनलाई किन सजाय सुनाइयो रु मानसिंह निर्दोष छ’ एक पीडितले भनिन्। निर्दोष बडालको पक्षमा जुनसुकै ठाउँमा गएर पनि बयान दिनसक्ने पीडितहरु बताउँछन्। दिनेशखबर

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?