दार्चुला । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ ।
एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका(१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो । अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमरजेन्सी शल्यक्रिया गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताउनुभयो ।
डा. धीरज जायसवाल, डा. दिपेश श्रेष्ठ, डा.रोशन चौधरी, डा. हिरा जोशी, डा. चैतन्य जोशी र डा. थानेश्वर न्यौपानेलगायतको टोलीले सफल रुपमा शल्यक्रिया गरेको हो । गत हप्ता भर्ना भएकी ती महिलाको शल्यक्रियापछि डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया