विद्यार्थीमा अज्ञात रोग देखिएपछि खण्डेश्वरी माबिमा पाँच दिन विदा, परीक्षा स्थगित

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा रहेको खण्डेश्वरी माबिमा अद्ययनरत विद्यार्थीमा अज्ञात रोग देखिएपछि पाँच दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । आज साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकको निर्णय अनुसार खण्डेश्वरी माबिमा अद्ययनरत छात्राहरुमा विगत चार पाँच दिनदेखि अज्ञात रोगका कारण एक्कासी छटपटिने, रुने, कराउने, मुर्छा पर्ने, भिडभाडदेखि डराउने जस्ता लक्षणहरुले गर्दा स्वास्थ्यमा समस्या पर्न गइ विद्यालयमा पठनपाठनमा बाधा पर्न गएकाले साउन १३ गतेदेखि १७ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाद्यापक खडक सिंह लोथ्यालले जानकारी दिनुभयो ।

यस्तो समस्या गाउँघरमा पनि देखा परेमा एकान्तमा बस्नुहुन तथा धेरै भिडभाड र घुलमिल हुने ठाउँमा आफ्ना नानिबाबुहरुलाई नपठाउन समेत अभिभावकहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको प्रधानाद्यापक लोथ्यालले जानकारी दिनुभयो । विद्यालयको प्रशासनीक काम भने निरन्तर सञ्चालनमा रहने बताइएको छ ।

दार्चुलाका विभिन्न विद्यालयहरुमा बेलाबेला यस्तो समस्या देखा पर्ने गरेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?