बैतडीमा बञ्चरो प्रहार गरेर छोराले गरे बुबाको हत्या

दार्चुला। बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर जोशीले बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेकाले उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

स्थानीयकाअनुसार छोराको बञ्चरो प्रहारबाट मारिएका अन्तरामको टाउको र शरीर अलग भएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?