दार्चुला । १२ किलो लागुऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका छन् । बझाङको बित्थडचिर गाउँपालिका–८ बागथालाबाट १२ किलो लागुऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका हुन् ।
दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका प्रहरीले जनाएको छ । बुधबार दिउँसो चैनपुरदेखि महेन्द्रनगरतर्फ गइरहेको बसमा सवार खडायतबाट चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट बागथालाको खटिएको प्रहरीले चेकजाच गर्दा उक्त चरेश फेला परेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया