क्षमताभन्दा बढी यात्रु बोकेको जीप दुर्घटना: पाँचको मृत्यु, नौँ घाइते, चालकसहित तीन जना गम्भीर

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। नौँ जना घाइते भएका छन्। चालक करन कोलीसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रतक्षदर्शी एबं पत्रकार गणेशसिंह धामीले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो।

गोकुलेश्वरबाट खलंगाका लागी छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीप सडकबाट करिब २५० मिटर तल खसेको छ। दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छैन। घाइतेहरु सबैलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ। मृतकका शवहरु क्षतविक्षत अवस्थामा रहेकोले चिन्ने गाह्रो भइरहेको प्रतक्षदर्शीहरु बताउछन् ।

उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन्। थप विवरण प्राप्त हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको छ, दुर्घटनाको कारण खुल्न बाँकी छ । पाँच जनाको पास सिट क्षमता रहेको जीपमा १४ जना बोकेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?