गोकुलेश्वर-खलंगा सडकखण्ड डबल लेन बनाउन र चमेलिया मोटरपुल मर्मत गर्न सासंद ठगुन्नाको माग

दार्चुला । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले महाकाली राजमार्ग अन्तरगत गोकुलेश्वर-खलंगा सडकखण्ड डबल लेन बनाउन र चमेलिया नदीमाथिको एकमात्र गोकुलेश्वर मोटरेबल पुल मर्मत गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहिबार आजको बैठकलाई सम्बोधन गर्दै सासंद ठगुन्नाले सरोकारवालाको ध्यानाकर्षणसहित यस्तो माग गर्नुभएको हो ।

सासंद ठगुन्नाले भदौ १ गते बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा भएको जिप दुर्घटनामा ५ जनाको दु:खद् निधन भएको र ९ जना घाईते भएकाे घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । संसदमा बोल्दै ठगुन्नाले भन्नुभयो, उल्लानी जिप दुर्घटनाका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

महाकाली राजमार्गको गोकुलेश्वर-खलंगा खण्ड सिंगल लेन सडक भएकोले पटक पटक दुर्घटना हुदा धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको छ, सासंद ठगुन्नाले भन्नुभयो, शो सडकलाई डबल लेन बनाउन मैले पटक पटक सदनमा आवाज उठाउँदै आईरहेको छु । साथै चमेलिया नदीको गोकुलेश्वरमा अवस्थित दार्चुला जोड्ने एकमात्र पुल मर्मत संभारको अभावमा जिर्ण भएकोले उक्त पुल अबिलम्ब मर्मत गर्न सासंद ठगुन्नाले माग गर्नुभएको छ ।

पुल मर्मत गर्न र गोकुलेश्वर खलंगा सडकखण्ड डबल लेन गर्न सडक विभाग भौतिक योजना मन्त्रालयको गम्भिर ध्यानाकार्षण गराउदै पुर्वमन्त्री समेत रहनुभएका नेता ठगुन्नाले अन्यथा जनधनको हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?