सुदूरपश्चिम सरकारले दियो गौरा पर्वको बिदा

दार्चुला । सुदूरपश्चिम सरकारले चौतर्फी विरोध भएपछि गौरा पर्वको बिदा दिएको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले भदौ १७ गते बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ।

सरकारले भदौ १७ गते शुक्रबार गौरा पर्वका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको विरोध भएको थियो। प्रदेशभर बिदा नदिइएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टको चर्को आलोचना भएको थियो।

भदौ १७ गतेको बिदा कटौती गरेको सूचना प्रकाशन भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रदेश सरकारप्रति आपत्ति जनाएका थिए । बिदा कटौती गर्नु संस्कृतिमाथिको प्रहार भएको उनीहरुले तर्क गरेका थिए ।

चौतर्फी आलोचना भएपछि गौरामा सुदूरपश्चिम सरकारले बिदा दिने निर्णय गरेको उनीहरुले बताइएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?