प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट भण्डारी सर्वसम्मत उम्मेदवार सिफारिश

दार्चुला । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले बैतडीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिश गरेको छ ।

बिहीबार साँझ बसेको जिल्ला कमिटिको बैठकले भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिश गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताउनुभयो ।

एमालेका प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारी अहिले पनि सांसद रहेका छन् ।

यस्तै प्रदेश सभा क्षेत्र नं (क) मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम उम्मेदवारका लागि सिफारिश गर्ने र प्रदेश सभा क्षेत्र नं (ख) मा पार्टीका जिल्ला सह–इन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्टको नाम उम्मेदवारका लागि सिफारिश गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?