दार्चुला । ५६ ओैँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न शैक्षिक कार्यक्रमको आयोजना गरि दार्चुला जिल्लाभरी मनाइएको छ । दिवसको अवसरमा लेकम गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अन्तरमाद्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । स्वावलम्बी जीवनका लागि पढ्दै कमाउदै कार्यक्रम शिर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा गाउँपालिकाभित्रका ७ वटा माद्यमिक विद्यालयका एक÷एक छात्रछात्राको सहभागिता रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा छात्रतर्फ हुनैनाथ माबि रातामाटाका सरोज पन्त प्रथम, ऐडिबाग माबि मैखोलीका प्रकाश जोशी द्धितिय र लटिनाथ नमुना माबि चौपाताका अनिश खत्री तृतिय भएका छन् । भने छात्रातर्फ हुनैनाथ माबि रातामाटाका अञ्जु जोशी प्रथम, लटिनाथ नमुना माबिका अञ्जना मिश्र द्धितिय र गल्लाकेदार माबि खरकडाका कविता जोशीले तृतिय स्थान हासिल गरेका छन् । लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा विजयी तथा सहभागि विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
यसैबिच साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने मुल नाराका साथ अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विविध कार्यक्रमका साथ साक्षरता दिवस मनाइएको छ । अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख मदन राज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र सिंह बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।
अपिहिमाल गाउँपालिका अन्तर्गत संचालित ८ वटा विद्यालयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा माध्यमिक तह (९–१०) स्तरीय निबन्ध लेखन, आधारभूत तह (६–८) स्तरीय स्पेलिङ कन्टेक्स र अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्दितीय र तृतिय स्थान प्राप्त गर्ने विद्यालयलाई पुरस्कृत गरिएको छ ।
साक्षरता दिवसकै अवसरमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ स्थित कृष्ण माबि डाडाकोटमा समेत औपचारीक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गराइएको विद्यालयका प्रधानाद्यापक श्याम गिरीलाई उद्धित गर्दै शिक्षक जगदिशचन्द्र अवस्थीले जानकारी दिनुभयो ।
शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागि वक्ताहरुले शैक्षिक गुणस्तर सुधारमा जोड दिएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया