दार्चुला । गयरातिदेखिको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति गरेको छ ।
स्थानीयहरूका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्दार गरेका छन् । बाढीले केही घर र पुल बगाएको प्रारम्भिक खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।
स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालका अनुसार अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुल संगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको उहाँले बताउनुभयो ।
उद्योग बाणिज्य संघ दार्चुलाका पुर्व अध्यक्ष एबं बंगाबगडका स्थानीय मंगल ठगुन्नाका अनुसार अविरल वर्षाले महाकाली नदी र लास्कु खोलाले डेढ दर्जन घरहरु बाढीले बगाइसकेको छ । दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको छ । कटान अझै जारी छ। उद्वार कार्यमा सुरक्षा निकायका साथै स्थानीयहरु खटिएको उहाँले बताउनुभयो ।

बाढीमा फसेपछि उद्दार गरिएका पुरूष
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया