दार्चुला । अविरल बर्षाका कारण महाकाली नदीमा बाढी आएको छ । दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । २०७० सालमा खलंगा क्षेत्रमा ठूलो धनजनको क्षती पुर्याएको महाकाली नदीमा जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको स्थानीयले बताएका छन् । लास्कुखोलामा आएको बाढीले दर्जन बढी घरहरु बगाएको छ ।
बाढीले त्रासले नदी तटिय क्षेत्रका मानिसहरु सबै रातीदेखिनै घरबाहिर निस्किएका छन् । बाढीले बंगाबगड क्षेत्रका केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । उद्धार कार्य जारी रहेकोले क्षतिको एकिन विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको स्थानीय चक्र बमले बताउनुभयो । घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ । स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालका अनुसार अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुल संगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको उहाँले बताउनुभयो ।
दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुंगे र मोटर पुल बगाएको छ । उद्वार कार्यमा सुरक्षा निकायका साथै स्थानीयहरु खटिएका छन् ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया