दार्चुलामा पहिरोमा परि एक महिलाको मृत्यु, एक बालिका र पुरुष बेपत्ता, घाइतेको उद्धार हुँदै

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिकामा–१ सल्लामा पहिरोमा परि ३० बर्षीया जानकी ठगुन्ना (किम्ती) को ज्यान गएको नौगाडबाट लोकदर्पण समाचारदाता श्याम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार पानसिह ठगुन्नाकी नाबालिक छोरी मोती ठगुन्ना बेपत्ता अवस्था छिन । पहिरोले सल्लाका आठ घर पुरिएका छन भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाचिएर घाइते अवस्थामा उद्धार गरिएको छ ।

नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखमा ६० बर्षीय मोहनराम पार्की बेपत्ता रहेको बताइएको छ । नौगाडमा पहिरोमा परि अरु केही मानिस बेपत्ता भएको आशंका गरिएको छ । घाइतेहरुको उद्धार भइरहेको छ । शुक्रबार रातिबाट परेको अविरल वर्षाले जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।

यस्तै दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । उद्धार र खोजि कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

अविरल बर्षाका कारण महाकाली नदीमा बाढी आएको छ । दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । २०७० सालमा खलंगा क्षेत्रमा ठूलो धनजनको क्षती पुर्याएको महाकाली नदीमा जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको लोकदर्पणकर्मी नरेन्द्र जोशीले खबर पठाउनुभएको छ । बाढीले त्रासले नदी तटिय क्षेत्रका मानिसहरु सबै रातीदेखिनै घरबाहिर निस्किएका छन् ।

नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ । स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालका अनुसार अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुल संगै रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको उहाँले बताउनुभयो । दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुंगे र मोटर पुल बगाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?