गम्भीर घाइते  ५ जनाको सेनाको हेलिकप्टरद्धारा उद्दार, अहिलेसम्म ५ को मृत्यु, १० बेपत्ता

दार्चुला । दार्चुलामा शुक्रबार रातीको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु र १० जना बेपत्ता रहेको पुष्टि भएको छ । सयौँ मानिस बाढीबाट प्रभावित भएका छन् । उद्धारमा हेलिकप्टरको समेत प्रयोग गरिएको छ ।

नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पहिरोमा परी गम्भीर घाइते भएका ५ जनाको उद्दार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, वर्ष ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी दार्चुला सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गम्भीर घाइते उनिहरुको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ, जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले भन्नुभयो, घइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था बढी चिन्ताजनक छ । सल्ला गाउँमा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको बताइएको छ ।

बाढी र पहिरोमा परी दार्चुलामा ५ जनाको मृत्यु भएको छ, भने १० जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको प्रहरी निरीक्षक मगरले बताउनुभयो । बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीय महामरी ठगुन्ना, नौगाड–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहेका छन् ।

बाढी पहिरोले तीन दर्जन बढी घरमा क्षती पुर्याएको छ भने केही घर नदिमै बगेका छन् । महाकाली नगरपालिकाभित्र दुई वटा विद्यालय भवन र विभिन्न स्थानमा गरी दर्जनबढी सवारी साधन समेत बाढीले बगाएको छ । बेपत्ता र घाइतेको उद्धार र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर आएको छ । सोहि हेलिकोप्टरमार्फत धनगढीबाट राहत सामाग्री समेत ल्याउने तयारी भइरहेको छ ।

राहत वितरणका लागि मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोली समेत दार्चुला आउदैछ । संघीय र सुदूरपश्चिम सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ । तत्काल बाढी पहिरो प्रभावितलाई राहत र उद्धारका लागि विभिन्न राजनीतिक दलहरुले समेत अनुरोध गरिरहेका छन् । दार्चुलामा वर्षेनी बाढी पहिरोका कारण ठूलो जनधनको क्षति हुनेगरेको छ ।

यसैबिच नेकपा (एस) सुदूरपश्चिम प्रदेशले दार्चुलामा आएको बाढी र पहिरोमा परि बिस्थापित परिवारको उद्दार तथा राहत तत्काल ब्यवस्थाको सरकार संग माग गरेको छ । प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले प्रेस बिज्ञपति जारी गर्दै बाढी तथा पहिरोमा परि ज्यान गुमाउनेहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार र बेपत्ताहरुको तत्काल खोजीको लागि सुदूरपश्चिम प्रदेश सरकार तथा संघीय सरकार लाई आग्रह गर्नुभएको छ ।

उद्धार कार्यमा समेत राजनीतिक दलहरुको सक्रियता देखिएको छ । नेकपा एमाले दार्चुला र एमाले निकट भातृ संगठनहरुले राती देखि नै निरन्तर उद्धार कार्य गरिरहेका छन् । पार्टी नेतृत्वको निर्देशन र स्वस्फुर्त रुपमा समेत आफुहरु रातीदेखि नै उद्धार कार्यमा खटिएको अनेरास्ववियुका नेता गोविन्द धामीले बताउनुभयो ।

नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन तथा वातावरण मन्त्री मानबहादुर धामी लगायतले नेताहरुले समेत उद्धार र राहतका लागि निरन्तर काम गरिरहनुभएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा खटिएर स्थानीयहरुसंगै उद्धारको कार्य गरिरहेको छ ।

सायद हिमाल, प्रकृति, रूख, बाटो तथा 'नौगाड' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, रूख तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद हिमाल तथा रूख को तस्बिर हुनसक्छ

 

सायद प्रकृति तथा रूख को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?