गोकुलेश्वरको आखा शिविरमा उत्साहजनक सहभागिता, दुई दिनमा ८९७ जनाले पाए सेवा

दार्चुला । शैल्यशिखर नगरपालिकाको सहकार्यमा गेटा आखा अस्पतालले दार्चुलाको गोकुलेश्वरमा शनिबारदेखि सञ्चालन गरेको आखा शिविरमा विरामीहरुको उत्साहजनक सहभागिता रहेको छ । शनिबार र आइतबार दुई दिनमा ८९७ जना आखाका समस्या भएका विरामीहरु शिविरमा सहभागि भएको र १२० जनाको आखाको शल्यक्रिया गरिएको शिविर संयोजक नरेन्द्र बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरको दोस्रो दिन आइतबार २२८ पुरुष र २१४ महिला गरी ४४२ जनाले सेवा पाएका छन् । जसमध्ये ३४ पुरुष र ३१ महिला गरी ६५ जनाको शल्यक्रिया गरिएको छ । पहिलो दिन २०१ महिला र २५४ पुरुष गरी ४५५ जनाले सेवा पाएका थिए ।

डा. स्मद अधिकारी नेतृत्वमा १५ जनाको टोली शिविरका लागि दार्चुला आएको छ । भोलि सोमबार पनि गोकुलेश्वरमा शिविर सञ्चालन हुने भएकोले सेवा लिनुहुन आखाका विरामीहरुलाई अनुरोध गरिएको छ ।

शिविर संयोजक बिष्टका अनुसार भदौ २९ र ३० गते मालिकार्जुन गाउँपालिकाको सहकार्यमा पस्ती र असोज १ देखि ३ गतेसम्म महाकाली नगरपालिकाको सहकार्यमा खलंगामा आखा शिविर सञ्चालन हुनेछ । आखा शिविरमा मोतिविन्दु लगायतका आखा सम्बन्धि रोगको निःशुल्क शल्यक्रिया तथा औषधि उपचार गरिने भएकोले शिविरमा सहभागि भइ सेवाको मौका लिनुहुन आखाका रोगीहरुलाई आयोजकले अनुरोध गरेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?