बलात्कारपछि भाउजुलाई जलाएर हत्या गर्ने खडायतलाई जन्मकैद, तीन लाख क्षतिपूर्ति

दार्चुला । दार्चुला जिल्ला अदालतले भाउजू नाता पर्ने एकल महिलालाई बलात्कार गरी हत्या गरेको अभियोगमा बारिलका एक अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको छ । बुधबार शैल्यशिखर नगरपालिका १ बारिलका भोजबहादुर खडायतलाई आजीवन काराबासको सजाय सुनाइएको हो ।

खडायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको छ भने जबरजस्ती करणीमा ७ वर्ष, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारवासको सजाय सुनाइएको अदालतले जनाएको छ । बलात्कार र हत्यापछि मृतकको गहनासमेत लुटेका कारण डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको बताइएको छ ।

मृतक एकल महिला रहेकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत अदालतले दिएको छ । गत जेठ २५ गते राति २ बजेतिर भोजबहादुर खडायतले जरुरी काम छ भन्दै भाउजू नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको अभियोजनपत्रमा उल्लेख छ । त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई बलात्कारपछि नजिकै ओढारमा रहेको खर र नल राखी जिउँदै जलाएर अनिभाको हत्या भएको थियो ।

बलात्कारपछि खडायतले अनिभाको कान र नाकमा लगाएको सुनका गहनासमेत लुटेर लगेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?