दार्चुला । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त हुनुभएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का बिष्टलाई बिहीबार बसेको मन्त्री परिषदको बैठकले उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिष्ट यसअघि प्रदेश नीति तथा योजना आयोगका सदस्य रहनुभएको थियो । गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहनुभएका बिष्टलाई बौद्धिक व्यक्तित्वको रुपमा लिने गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी लगायतले नवनियुक्त उपाध्यक्ष विष्टलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया