दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले काजमा खटाएका कर्मचारीलाई फिर्ता पठाउन आग्रह गरेको छ । दोगडाकेदार गाउँपालिकामा दरबन्दी भइ अन्यत्र खटाएका आफ्ना कर्मचारीहरुलाई यथाशीघ्र फिर्ता पठाउन आग्रह गरेको हो ।
गाउँपालिकाले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै आफ्नो पालिकाबाट काजमा खटाएका कर्मचारीहरुको विवरण समेत दिएको छ । गाउँपालिकामा दरबन्दी भएका कर्मचारीहरुलाई अन्यत्र काजमा खटाउँदा गाउँपालिकाको कामकाज प्रभावित भएको भन्दै पत्र लेखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले बताउनुभयो ।
यही भदौ ७ गते मन्त्रालयलाई पत्र लेखेको भएपनि कुनै प्रतिक्रिया नआएकाले फेरी शुक्रबार अर्को पत्र पठाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनुभयो । काजमा खटिएका कर्मचारीका बिषयमा मन्त्रायलयले कुनै जानकारी नदिँदा लोकसेवा आयोगलाई कर्मचारीको विवरण समेत दिन समस्या परेको गाउँपालिकाले जनाएको छ ।
दोगडाकेदार गाउँपालिकामा दरबन्दी भएका १० जना कर्मचारीहरु अहिले अन्यत्रै काजमा काम गरिरहेका गाउँपालिकाले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया