दार्चुला । नेकपा (एमाले) दार्चुला काठमाण्डौ सम्पर्क मञ्चको बैठक सम्पन्न भएको छ । दार्चुला काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष दिवान सिह धामीको अध्यक्षतामा आयोजित बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लाल बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता र प्रदेश सम्पर्क कमिटी अध्यक्ष दल बहादुर धामीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमका सञ्चालक मनोज राज अवस्थीले जानकारी दिनुभयो ।
बैठकले गत स्थानीय तहको निर्वाचनमा जिल्ला केन्द्रित भएर सम्पर्क मञ्चको टिमले खेलेको प्रभावकारी भुमिकाको समिक्षा सहित फेरि मंसिर ४ को चुनावका लागि नेकपा (एमाले) दार्चुलाका संघ र प्रदेशका उमेदवारहरु लाई विजयी गराउन पूर्ण रुपमा केन्द्रित हुने निर्णय गरेको छ । सम्पर्क मञ्चको सचिवको जिम्मेवारी मनोज राज अवस्थीलाई र सहसचिव को जिम्मेवारी गौतम सिह धामीलाई दिने निर्णय पनि गरिएको मञ्चले जनाएको छ ।
दशै तिहारमा जिल्ला फर्कन चाहाने र टिकट नपाएर अथवा विभिन्न कारणले समस्यामा परेका महानुभावहरुलाई सहयोग गर्न सम्पर्क मञ्चका उपाध्यक्ष उपेन्द्र सिह धामीको संयोजकत्वमा सात सदस्यीय सहजिकरण समिती गठन लगायत विभिन्न निर्णयहरु सर्वसम्मतिले पारित गरिएको एमाले दार्चुला काठमाण्डौ सम्पर्क मञ्चका नवनियुक्त सचिव मनोज राज अवस्थीले दिनुभयो । बैठकमा मञ्चमा आवद्ध पदाधिकारी र एमाले आवद्ध विभिन्न संघ संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया