शिक्षक संघका जिल्ला सचिव र नगर अध्यक्ष शिक्षक संगठनमा प्रवेश, पूर्वमन्त्री ठगुन्नाद्वारा स्वागत

दार्चुला । शिक्षक संघका जिल्ला सचिव भोजसिंह धामी, शैल्यशिखर नगर कार्यसमिति अध्यक्ष दानसिंह डागा लगायत शिक्षकहरू नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छन् ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै विगत लामो समय देखि नेपाल शिक्षक संघमा आवद्ध रहि विभिन्न तहहरूमा जिम्मेवारी वहन गर्दै आइरहेका नेपाल शिक्षक संघ जिल्ला कार्य समिति दार्चुलाका सचिव भोज सिंह धामी, शैल्यशिखर नगरपालिका नगर कार्य समिति अध्यक्ष दान सिह डागा र शिक्षक संघका क्रियासिल सदस्य ईश्वर सिंह धामीले सयुक्त रूपमा नेपाल शिक्षक संघ परित्याग गरेको घोषणा गरेका हुन् ।

तीनै जनाले आजैका मिति देखि देशकै शिक्षकका हकहितमा क्रियाशिल जेठो संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता लिइ नेपाल राष्ट्रिय शिक्षक संगठनमा क्रियाशिल रहि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको शिक्षक संगठनका भुवन डाँगाले जानकारी दिनुभयो । नेपाली कांग्रेस निकट शिक्षक संघ परित्याग गरि नेकपा एमाले निकट शिक्षक संगठनमा प्रवेश गरेका तीनै जनालाई पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना लगायत नेताहरूले स्वागत गर्नुभयो ।

शिक्षक संगठनको विधान अनुसार शिक्षकहरूको हकहितमा काम गर्न समेत उनिहरूलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?