दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा भदौ २४ गते रातीको बाढीले बेपत्ता भएका एक जना पुरुषको शव भेटिएको छ । १० जना बेपत्ता मध्ये महाकाली नगरपालिका वडा नम्बर ४ का विजय लुहार (दिले) को शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।
जिल्लाको महाकाली नगरपालिका ५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा लुहारको शव भेटिएको उहाँले बताउनुभयो । मंगलबार मृत फेला परेका व्यक्तिको बुधबार शनाखद पछि अन्तेष्टि गरिएको छ । अझै महाकालीमा ९ जना बेपत्ता रहेको र उनिहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लास्कु बाढीले ज्यान गुमाएका दुई जनाको शव घटना भएकै दोस्रो दिन फेला परेको थियो । अहिलेसम्म महाकालीमा तीन जनाको शव भेटिएको छ । बेपत्ता ९ जनाको समेत जीवित भेटिने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया