दार्चुला जीप दुर्घटना अपडेटः एक जनाको अवस्था गम्भीर

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाबाट अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड जादै गरेको मदन ठगुन्नाको जीप तिम्लामा दुर्घटना भएको छ । प्रारम्भीक जानकारी अनुसार जीपमा ९ जना यात्रु रहेको र ८ जनाले हाम फालेर ज्यान जोगाएका छन् । हाम फाल्न नसकेर जीप संगै भिरमा खसेका एक जना गम्भीर घाइते हुनुभएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउँमा से १ ज २३३ नम्बरको जीप खसेको प्रारम्भीक खबर आएको छ, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता जगत गाहा मगरले रेडियो लोकदर्पणसंग भन्नुभयो, लटिनाथ इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षकको टोली खटिएकोले केही समयपछि घटनाबारे एकिन विवरण आउछ ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार भर्खरै प्राप्त खबर अनुसार लटिनाथबाट मकरीगाड जादै गरेको बोलेरो जीप अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउँमा दुर्घटना भइ बाटोबाट करिब २ सय मिटर तल खसेको छ । घटनाको क्षतिबारे पूर्ण जानकारी आइनसकेको बताउदै उहाँले तत्काल उद्धारमा कार्यमा सहयोग गर्न वडाका जनप्रतिनिधिहरु, नेपाल प्रहरी, नजिक बस्तीका जनसमुदाय लगायत सबैमा अनुरोध गर्नुभएको छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।

अहिले घटनास्थलमा स्थानीय र प्रहरी खटिएको छ । घटनाबारे थप विवरण प्राप्त हुने क्रममा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?