दार्चुला । दार्चुलामा अवैध मदिरा नष्ट गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा विक्रिका लागि राखिएको गुणस्तरहीन मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
रातामाटा प्रहरीचौकीबाट खटिएको भरत सिंह खड्का नेतृत्वको प्रहरीको टोलीले स्थानीय व्यापारी तुलादत्त जोशीको पसलबाट अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । ६ पेटी जति अवैध ‘गुणस्तरहीन’मदिरा नष्ट गरिएको शाहीले बताउनुभयो ।
चाडपर्वको समयमा हुन सक्ने विभिन्न खालको कालोबजारी रोक्नका लागि प्रहरीले जिल्लाभरी नियमित गस्ती गरिरहेको प्रहरी प्रवक्ता शाहीको भनाई छ । गत महिना लेकम गाउँपालिका वडा नम्बर ५ मा समेत ठूलो परिणाममा मदिरा बरामद गरी नष्ट गरिएको थियो । दार्चुलामा मदिरा निषेधित क्षेत्रमा समेत अवैध रुपमा मदिराको कारोबार हुने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया