महाकाली नगरपालिका र नौगाड गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

दार्चुला । सरकारले दार्चुलाका दुई स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिका क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

यी दुवै स्थानीय तहमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पुर्याउदै आएको छ । यो वर्ष मात्रै पनि बाढी र पहिरोमा जनधनको क्षति भएको छ । भदौ २४ गतेको बाढीका कारण हालसम्म ६ जना मृतकको शव फेला परेको छ भने ९ जना अझै बेपत्ता रहेका छन् ।

महाकाली नगरपालिकाको बंगाबगर क्षेत्रमा अझैपनि बर्षाका कारण भूक्षय भइरहेको छ । जोखिम न्यूनिकरण र पीडितलाई सरकारको तर्फबाट विशेष राहत वितरणका लागि स्थानीयले अनुरोध गरिरहेका छन् । बाढी पहिरोका कारण महाकाली र नौगाडमा ठूलो जनधनको क्षति भएपछि विपद् व्यवस्थापन समितिको सिफारिसमा सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

cabinet1664106153.jpg

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?