पहिरोले दोगडाकेदारमा एक घर क्षतिग्रस्त, पाँच घर पहिरोको उच्च जोखिममा

दार्चुला । बैतडीको दोगडाकेदारमा पहिरोले एक घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । दोगडाकेदार गाउँपालिका वडा नम्बर २ बसाडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको स्थानीय समेत रहनुभएका एमाले दोगडाकेदारका गाउँपालिका कमिटी अध्यक्ष काशीसिंह बिष्टले जानकारी दिनुभयो। महराको घरमा उहाँका दीदी झापुली नगाइरी बस्दै आउनुभएको थियो ।

आइतबार बिहान १० बजे घरमाथिबाट खसेको पहिरोका कारण गोठमा बाँधेका ३ बाख्रा मरेका छन् भने अन्नपात तथा लत्ता कपडा समेत पुरिएका छन् । दिउँसोको समय भएकाले पहिरोले मानवीय क्षति हुन नपाएपनि घर भने पूर्ण रुपमा क्षतिग्रस्त भएको स्थानीयले बताएका छन् । पहिरोले घर भत्काएपछि ऐरीलाई उहाँकै आफन्तको घरमा सारिएको छ ।

पहिरोका कारण घरभित्र रहेको ५ तोला सुन र १० तोला चाँदी समेत पुरिएको बिष्टले बताउनुभयो । यस्तै सोही ठाउँमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय मानसिंह महरा, राईसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर पहिरोको उच्च जोखिममा अध्यक्ष बिष्टले बताउनुभयो ।

यसैबिच दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडमा समेत वर्षाका कारण घरमाथिबाट ठुलो ढुंगा खसेर प्रेमसिह भण्डारीको सौचालय र खानेपानीको धारामा क्षति पुराएको छ भने डम्बर सिह भण्डारीको घर जोखिममा रहेको छ । लगातारको बर्षाका कारण बैतडी सहित सुदूरपश्चिमका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?