दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा सडक मर्मत तथा स्तरोन्नती नहुदा टेक्टरमा गाउँ जानुपर्ने बाध्यता रहेको छ । खासगरी डिलाशैनीको दुर्गम तथा टाढाको बस्ती मठैराज लगायत गाउँसम्म पुग्न जोखिम मोलेर कष्टपूर्ण यात्रा गर्दै टेक्टरमा यात्रा गर्नुपरेको स्थानीय सञ्चारकर्मी महेशराज पन्तले जानकारी दिनुभयो ।
पन्तले सामाजिक सञ्जाल फेसबुकमा टेक्टरमा यात्रु चढेको फोटो राख्दै लेख्नुभएको छ, डिलासैनी बासीको पीडा, गोकूलेश्वर देखी धामीगाउँ, मठैराजका नागरीकहरूको यात्रा । डिलाशैनीका सात वटा वडामध्ये अधिकासं वडामा नियमित यातायातको सुविधा पुगेको छैन् । नयाँ ट्र्याक खोलिएका सडकहरु मर्मत तथा स्तरोन्नती नहुदा गाडी नै नपाइने र पाइहाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
सडक सुधार नहुदा दशैंको मुखमा स्थानीयले पैदल हिडेर यात्रा गर्नुपरेको डिलाशैनीको खेतिगाउँका स्थानीय लिलाधर जोशीले बताउनुभयो । ग्रामीण कच्ची सडकमा वर्षायामको अधिकासं समय गाडी नै चल्दैनन, चलिहाले पनि सुरक्षित सडक नहुदा जोखिम मोलेर कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
बर्खायाम सकिएपछि सडक मर्मत गर्ने तयारी रहेको डिलाशैनी गाउँपालिकाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया