म्यादी प्रहरीको मौखिक परीक्षामा १,२३० जना सहभागि, दार्चुलाका लागि ८२९ छनोट गरिदै

दार्चुला । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आज मौखिक परीक्षा सकेर नतिजाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो ।

म्यादी प्रहरीको मौखिक परीक्षामा १२३० जना सहभागि भएकोमा उनिहरुमध्ये ८२९ जनालाई छनोट गरिने उहाँले बताउनुभयो । म्यादीको अन्तिम नतिजा असोज २५ गते सार्वजनिक गरिने जिप्रका दार्चुलाले जनाएको छ । निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।

म्यादी प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ बमोजिम पूर्व सुरक्षाकर्मी तथा गत स्थानीय तहमा भर्ना भइ सेवा गरेका म्यादीलाई शारीरिक तन्दुरुस्ती परीक्षामा सहभागी नगराइ सिधै अन्तर्वातामा सहभागी गराइएको थियो । म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?