दार्चुलाको खलंगा र गोकुलेश्वरमा हेल्पडेस्क, २४४ प्रहरी परिचालन गरिदै, आजदेखि दशैँ बिदा

दार्चुला । दार्चुलामा पनि दशैं विशेष सुरक्षा योजना लागु भएको छ । सुरक्षा योजना अन्तरगत यसपालि ट्राफिक नियम उल्लङघन, जुवातास र मापसेमा निगरानी गरिने प्रहरी ले जनाएको छ । दार्चुला सदरमुकाम खलंगा दुई ठाउँ र गोकुलेश्वरमा एक गरी तीन वटा हेल्प डेस्क सञ्चालनमा आइसकेको र आवश्यकताका आधारमा हेल्प डेस्कको संख्या बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एबं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर जिल्लाभरीमा २४४ प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो । यसपालि दशैं तिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवक रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ । साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाइएको बताइएको छ । आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना संकलनमा सादा पोशाकमा प्रशस्त प्रहरी खटाउने र त्यस्ता भीडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा सदरमुकाम र सहरी क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या गाउँघरमा जान्छ । विशेष सुरक्षा योजनाअन्तर्गत यात्रु ठगिनबाट जोगाउन विभिन्न ठाउँमा ट्राफिक र जनपदसहित हेल्प डेस्क राख्ने गरिएको छ । जसले यात्रुलाई सचेत गराउँछ । साथै टिकट बुकिङ हुने ठाउँमा हुनसक्ने अनियमितता रोक्न सादा पोशाकको प्रहरी परिचालन र लाइन व्यवस्थित गर्न बर्दिधारी प्रहरी पनि खटाइएको छ । ठाउँ ठाउँ छड्के जाँचको व्यवस्था गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दशैँ मनाउन घर फर्कनेहरुको भिड आजदेखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस आजदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्याम्पस र कार्यालय भने हिजो शुक्रवारसम्म सञ्चालन भएका थिए । आज शनिवार र भोलि फूलपाती भएकाले अत्यावश्यकबाहेकका कार्यालय र सेवा आजदेखि बन्द भएका छन् । आज र भोलि गाडीमा झन् धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । यस्तै गाडीको चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेटमार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोकिएकोभन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पालना गर्न प्रहरीले यातायात व्यवसायीसँग आग्रह गरेको छ ।

मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोसाकका प्रहरीको परिचालन, सीआरभी, सीसीटीभी निगरानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाइन्ट ड्यूटी, मापसे चेकिङमा प्रहरी खटाइने छ।

२०७९ सालको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?