दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले श्रम सहकारी मार्फत विकास निर्माणका काम अघि बढाउने भएको छ । प्रत्येक टोलमा श्रम सहकारी गठन गरेर विकास निर्माणका काम अघि बढाउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समितिको विकल्पमा श्रम सहकारीको अवधारणा अगाडि ल्याइएको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिनुभयो । प्रत्येक घरका नागरिकलाई श्रम सहकारीमा आवद्ध गराएर उनीहरु मार्फत विकास निर्माणका काम अघि बढाउने तयारी भएको उहाँले बताउनुभयो । हामीले हरेक नागरिकलाई श्रम सहकारीमा आवद्ध गराउनेछौं, उहाँले भन्नुभयो, सहकारीमा आवद्ध भएका नागरिकलाई विकास निर्माणका काममा लगाउने निती लिएका छौं । दशैंपछि गाउँगाउँमा श्रम सहकारी गठन हुने र ती सहकारीहरुलाई पालिकामा दर्ता गरिने अध्यक्ष धामीले बताउनुभयो । एउटा श्रम सहकारीमा कम्तीमा ३० जना सदस्य हुने व्यवस्था गरिएको छ । एक घर एक रोजगारको नीतिलाई समेत आत्मसात गर्दै श्रम सहकारीको अवधारणा ल्याइएको बताइएको छ ।

श्रम सहकारी सञ्चालनका लागि आवश्यक ऐन र कार्यविधि निर्माण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले बताउनुभयो । चालु आर्थिक बर्षका योजनाहरु श्रम सहकारी मार्फत नै सञ्चालन हुने उहाँको भनाई छ । श्रम सहकारी मार्फत सञ्चालन हुने योजनाहरु दिगो र गुणस्तरीय हुने अपेक्षा लिइएको छ । उपभोक्ता समिति मार्फत योजनाहरु सञ्चालन गर्दा विभिन्न खालका समस्या आउने गरेकोमा सहकारी मार्फत योजनाहरु सञ्चालन गरेमा त्यस्तो समस्या नआउने अपेक्षा गरिएको हो ।

दार्चुलामा नौगाड गाउँपालिकाले पहिलो पटक श्रम सहकारीको अवधारणा अगाडि ल्याएको हो । असोज मसान्तभित्र गाउँगाउँमा श्रम सहकारी गठन गरिसक्ने बताइएको छ । जिल्लाका अन्य स्थानीय तहले श्रम सहकारीको अवधारणा ल्याएको देखिदैन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?