निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु

दार्चुला । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ । टस्थापनादेखि पूजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीको अवसरमा जात्रा शुरु भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।

हरेक बर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा राँगाको बलि सहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगा पुर्याउने चलन रही आएको छ । महाष्टमीका दिन राँगाको बलि सहित मन्दिरमा जात्रा हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु समेत आउने गरेका छन् । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

महासप्तमीको दिन आज भगवतीको बिशेष पूजाआजा हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि हुदैन ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?