दार्चुलामा राँगाको बलि गरिरहेका पुरुष नदीमा बगेर बेपत्ता

दार्चुला । दार्चुलामा राँगाको बलि गरिरहेका एक पुरुष चमेलिया नदीमा बगेर बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिकाको देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि गर्ने क्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर १ का अन्दाजी ४० वर्षीय बहादुरसिंह बोहरा चमेलिया नदिमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो। त्यसपछि उनी त्यहीँ राँगोलाई समातेर बलि दिनका लागि भनेर चमेलिया नदीमा पसेका थिए। नदीमा पसेका उनलाई नदीले बगाएर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। यस्तै उनीसँगै बगेको राँगो फेला परेको बताइएको छ। बेपत्ता पुरुषको भने खोजी जारी रहेको छ।

घटनाबारे थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?