दार्चुला । अगामी मंसीर ४ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गर्नका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि दार्चुला जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको दार्चुला अदालतका न्यायधीस एबं मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो ।
यहि असोज २३ गते प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारको मनोनयदेखि निर्वाचन सम्पन्न हुदासम्मका सबै गतिविधि सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिदै गरेपनि कतिपय दलहरुले उम्मेदवारको टुगों लगाउन सकेका छैनन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका साथै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, जिल्लास्थित राजनैतिक दलका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया