दार्चुला । प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट दार्चुला जिल्लाका साझा उम्मेदवार एवं उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रशाद बडूले आफ्नो पार्टी नेपाली कांग्रेसले २०४८ सालको घोषणा पत्रमा लेखेका योजनाहरुले अहिलेसम्म समेत पूर्णता नपाएका बताउनुभएको छ । मंगलबार दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका बडूले ४८ सालको घोषणापत्रमा कांग्रेशले लेखेका सदरमुकामदेखि तिंकर र गोकुलेदेखि खण्डेश्वरीसम्मको सडकले अझैं पनि पूर्णता नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यदि ४८ सालको घोषणापत्र तपाईहरुले हेर्नु हुन्छ भने हामीले सडकसञ्जालको कुरा जुन गरेका थियौं त्यो अहिले पनि सञ्चालनमै छ त्यो भनेको सदरमुकामदेखि तिंकर पुर्याउने र यो बेल्टलाई जोड्ने, गोकुलेदेखि खण्डेश्वरीसम्मको सडकको कुरा हामीले त्यतिबेला नै गरेका थियौं र अहिले पनि पूर्णता पाइरहेको छैन ।”

२०४८ सालदेखि हालसम्म पटकपटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री बडूले संविधान र लोकतन्त्रको संरक्षण एवं विकासका लागि कांग्रेसलाई जिताउन आवश्यक रहेको बताउनुभयो । मन्त्री बडूले आफु र आफ्नो दल नेपाली कांग्रेसले भारतबाट मागेरै भए पनि ०४८ सालमै दार्चुलामा बिजुली बालेको बताउनुभयो । पत्रकार सम्मेलनमा आफुले गरेका कामहरुबारे स्पष्ट पार्दै मन्त्री बडूले भन्नुभयो, “हामीले त्यतिबेला सुरु गरेको चमेलिया, थाछ नी तपाईलाई समय लाग्यो पूरा हुनलाई तर बन्यो, तर ४८ सालमै हामीले बिजुली बाल्यौं, यद्यपि हामीले भारतबाट लियौं होला, लालीबाट, हुतीबाट र जोलजिबीबाट हामीले तीन ठाउँबाट बिजुली सुरु गर्याैं, हामीसँग अहिले बिजुली छैन, बिजुली दिनुस हामीलाई चाहिन्छ भन्यौं र त्यो एउटा सुरुवात कांग्रेसले गर्याे ।”

यस्तै उहाँले ०५६ सालदेखि ०५९ सालमा आफुले शिक्षा मन्त्रालय सम्हाल्दा शिक्षक सेवा आयोगको सुरुवात गरेको र स्कुलहरुको सरकारीकरण र स्थायीकरण सुरु गरेको बताउनुभयो । शिक्षक किताबखानाको स्थापना पनि त्यतिबेला नै भएको उहाँको भनाइ छ ।
०६२ र ०६३ को आन्दोलनपछि पनि करिब डेढ वर्ष सरकारमा आउँदा आफुले धमाधम एफ.एम रेडियो खोल्न अनुमति दिएको र दार्चुला जिल्लामा पनि त्यतिबेलै टावरहरु र एफएमको सुरुवात भएको बताउनुभयो । पछिल्लो पटक गत चैत २४ गतेपछि उद्योग मन्त्रालयमा आएयता विभिन्न काम गरेको उहाँको भनाई छ । उद्योग मन्त्रालय आउनअघि कानुन मन्त्रालयमा हुँदा बन्द रहेका अदालत खोल्नका लागि आफुले विभिन्न काम गरेको समेत मन्त्री बडूले बताउनुभयो । यसबीचमै दार्चुला जिल्लाका लागि तत्काल केही गर्नुपर्छ भन्ने उद्देश्यले जिल्लामा खाद्य संस्थानको कार्यालय पुर्नस्थापना गर्नुका साथै जिल्लामा आठ वटा खाद्य डिपो थप गरेको उहाँले बताउनुभयो । यस्तै अल्लो उद्यमीहरुका लागि प्रविधि हस्तान्तरण समेत दुई महिना पहिले गरिएको उहाँले बताउनुभयो ।

२०४८ सालपछि मन्त्री पदमा रहँदा दार्चुलाका लागि केही न केही आफुले हरेक पटक गरेको मन्त्री बडूको दाबी छ । उद्योगमन्त्री बडूले दार्चुला जिल्लालाई भारतसँग सवारी आवतजावत हुने पहिलो पहाडी जिल्ला बनाउन पक्की पुलको शिलान्यास गरिएको बचाउनुभयो । दार्चुलामा भारतसँग जोडिएको पक्की पुल बन्दा अन्य बैतडी, बझांगलगायतका पहाडी जिल्लाको ढुवानीसमेत दार्चुलाबाटै हुने हुँदा यसले दार्चुलाको विकासमा ठूलो योगदान पुर्याउने उहाँको भनाइ छ ।

गठबन्धनद्धारा दार्चुलामा निर्वाचन परिचालन समिति गठन
सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि दार्चुला जिल्लामा विभिन्न समितिहरु गठन गरेको छ । जिल्ला निर्वाचन परिचालन मुल समितिको संयोजकमा नेपाली कांगेश दार्चुलाका सभापती ललितसिंह बोहरालाई बनाइएको छ भने सहसंयोजकमा माओबादी नेता जमनसिंह धामीलाई बनाइएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर १ का लागि कांग्रेश नेता मदन गिरी र प्रदेशसभा क्षेत्र नम्बर २ का लागि कांग्रेश नेता जगदिशबहादुर पाल संयोजक रहने गरी क्षेत्रिय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । यो बाहेक घोषणापत्र निर्माण, प्रचारप्रसार, अनुगमन तथा प्रशिक्षण, व्यवस्थापन र अन्य विभिन्न कार्यकालागि समितिहरु गठन गरिएको नेपाली कांग्रेश दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

दार्चुलामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा मन्त्री दिलेन्द्रप्रसाद बडू र प्रदेशसभा क्षेत्र नम्बर १ मा कांग्रेश नेता बिक्रमसिंह धामी तथा प्रदेशसभा क्षेत्र नम्बर २ मा माओबादी नेता मानबहादुर धामीले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?