दार्चुला-तिकंर सडक चार महिनादेखि अवरुद्ध, छिटो सञ्चालन गर्न नेबिसंघको अनुरोध

दार्चुला । दार्चुलाको दुहुँ र व्यास गाउँपालिकालाई जोड्ने एकमात्र प्रमुख सडकका रुपमा रहेको दार्चुला-तिंकर सडक विगत चार महिनादेखि अवरुद्ध रहेको छ । वर्षाका कारण गत असारदेखि सडक अवरुद्ध हुँदा स्थानीयले विभिन्न समस्या भोग्न बाध्य छन् ।

२०७९ असार देखि वर्षाका कारण अवरुद्ध रहेको दार्चुला तिंकर सडक खुलाउन नेबिसंघ दार्चुलाले अनुरोध गरेको छ । सडक सञ्चालनमा नआउदा दुहुँ र व्यासका जनताको लामो समयदेखि पूर्णरुपमा सडकसंग सम्पर्क टुटेको छ । सडक बाट सम्बन्ध बिच्छेद भए पश्चात् यहाँका जनताले लगभग ४ महिना देखी निर्माण सामग्री, खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीको अभावको समस्या झेल्नुपरेको छ, नेबिसंघले दार्चुला तिकंर सडक कार्यालयका प्रमुख लक्ष्मण जोशीलाई भेटेर भनेको छ, सडकलाई यथासिघ्र मर्मत गरी सञ्चालन गरियोस ।

सडक कार्यालयका प्रमुख जोशीले भोलि पर्सि देखि नै अबरुद्ध सडक खोल्ने काम सुरु गर्ने प्रतिवद्धता जनाएको नेबिसंघका नेताहरुले बताएका छन् । तत्काल निर्माण कार्य अगाडि नबढाए थप संघर्ष गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?