दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । दुहुँ गाउँपालिका वडा नम्बर ४ धारी दौलाका ३२ बर्षीय हर्क बहादुर बमको मृत्यु भएको हो ।

व्यास गाउँपालिकाबाट दुहुँ गाउँपालिका घर आउने बेला हिजो शनिबार बेलुकी ७ बजेको समयमा मृत्यु भएको बताइएको छ । व्यास गाउँपालिका वडा नम्बर ५ को दर्पा भिरमा झण्डै चार सय मिटर तल खसेर बमको मृत्यु भएको अवस्थामा शव फेला परेको मृतकका आफन्त किरन बमले जानकारी दिनुभयो ।

मृतकसंगै एक जना अर्का पनि स्थानीय भएकोले उनलाई प्रहरीले नियन्त्रणमा लिएर मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुहुँको धारीका स्थानीय समेत रहेका मृतक बम पुजाआजाका लागि व्यास गाउँपालिकास्थित एउटा मन्दिरमा गएको पारिवारिक स्रोतले जनाएको छ । शव पोष्टमाटमका लागि भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल दार्चुला ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?