गोकुलेश्वरमा दुई दिने बृहत स्वास्थ्य शिविर शुरु, विषेशज्ञ चिकित्सकहरुले सेवा दिदै

दार्चुला । दार्चुलाको गोकुलेश्वरमा आजदेखि ’वृहत् एवम् निःशुल्क स्वास्थ्य शिविर’ सुरु भएको छ । राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालबाट विषेशज्ञ चिकित्सक सहितको टोलिले शिविरमा सेवा दिइरहेको छ ।

युथ भोलिन्टियर ग्रुपको ’सुदूर स्वास्थ्य निदान पालिका स्तरीय वृहत् स्वास्थ्य शिविर’ कार्यक्रम अन्तर्गत राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालको प्राविधिक सहयोग एवम् स्थानीय पालिकाहरुको आयोजनामा दार्चुलाको गोकुलेश्वरमा आजदेखि (असोज ३०–३१ गते), शंकरपुर पस्तीमा (कार्तिक १–२ गते) र जिल्ला सदरमुकाम खलंगामा (कार्तिक ३–४ गते) विषेशज्ञ चिकित्सकहरूबाट सेवा प्रदान भइरहेको हो ।

शिविरमा वरिष्ठ हाड जोर्नि तथा नसा रोग विषेशज्ञ डा. बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग विषेशज्ञ डा. केसब आचार्य, मानसिक रोग विषेशज्ञ डा. इस्वरि खनाल, जनरल एन्ड प्लास्टिक सर्जन डा. निरन महर्जनले सेवा दिइरहेकोले मौकाको फाइदा लिन शैल्यशिखर नगरपालिकाले सबैलाई अनुरोध गरेको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा नगरप्रमुख बिजयसिंह धामीले एक कार्यक्रमका बिच शिविरमा उद्घाटन गर्नुभयो । शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका मानिसहरुको सहभागिता रहेको छ ।

सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?