दार्चुला । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाले जिल्लाको विकासको लागि एमालेले जित्नु आवश्यक रहेको बताउनुभएको छ । निरन्तर दुई पटक जिल्लाबाट विजयी हुनुभएका ठगुन्ना ६ महिना मन्त्री हुदाँ आफूले सुरु गरेका योजना पूरा गर्न र दार्चुलालाई विकसीत बनाउन एमालेले जित्नु आवश्यक रहेको बताउनुभएको हो । चुनावी घरदैलोको क्रममा मार्मा गाउँपालिका ४ थाम हुँदै बार्कु प्रस्थान गर्ने क्रममा उहाँले मतदातामाझ भन्नुभयो, ‘जिल्लाको लागि महत्वपूर्ण ठूला योजनाहरु यो पाँच वर्षको अवधिमा पूरा गर्नुपर्ने छ ।’ समयले भ्याएसम्म जनताको घरदैलोमै पुगेर आर्शिवाद माग्ने र सुझाबहरु संकलन गर्ने काम भइरहेको नेता ठगुन्नाले बताउनुभयो । जिल्लाको समग्र विकासका लागि एमालेले जित्नुपर्छ भन्ने जनभावना रहेको उहाँको दाबी छ ।
नेपाली काग्रेसले ०४८ सालदेखि सुरुवात गर्न नसकेका कामहरु आफु सांसद र मन्त्री हुँदा सुरु भइसकेको बताउनुभयो । आफु सरकारमा सहभागि भएकै बेला दुई दशकदेखि गौचरनमा परिणत भएको गोकुलेश्वर विमानस्थलको काम बहुवर्षीय ठेक्का लागेर सुरु भइसकेको छ । विटुले– पारिबगर हुँदै खण्डेश्वरी जोड्ने सडक कालोपत्रेको लागि ठेक्का भएका छन् । यही मार्माको भैसे, घट्टेगाड र पारिबगरमा मोटरेवल पूल निर्माणको काम भएका छन् । दार्चुला तिकंर सडकमा एक अर्ब तिन करोड बजेट विनियोजन गरेर निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । ‘अहिलेसम्म जिल्लाको विकासको बाधक काग्रेस हो,’ उहाँले भन्नुभयो, ‘काग्रेसको पालामा के–के विकासका काम भए । जनतामा जाआँै ।’ प्रमाणको आधारमा बहस गर्न आफु जहाँ पनि तयार रहेको उहाँको भनाई छ ।
गोकुलेश्वर–खार–खलंगा जोड्ने सडक कामको लागि खाद्यान्नमार्फत आफु जिल्ला विकास समितिको नेतृत्व गर्दा सुरु भएको उहाँले बताउनुभयो । प्रदेशसभा क्षेत्र नम्बर २ मा पार्टीकै अग्रज रामदत्त जोशी उम्मेदवार बनेका छन् । एमालेको मूल प्रचार टोली शैल्यशिखर, नौगाड हुँदै मार्मा पुगेको छ । मार्मापछि अपिहिमालमा भेटघाट गर्ने कार्यक्रम रहेको एमाले दार्चुलाले जनाएको छ ।
प्रदेशसभा क्षेत्र नम्बर १ का उममेदवार हरदेव जोशी व्याँस गाउँपालिका हुँदै दुहुँ गाउँपालिका पुगेका छन् । एमालेका युवा नेता जोशी पहिलोपटक जिल्लाबाट प्रदेशसभा उम्मेदवार बनेका हुन् । व्याँस क्षेत्रमा घरदैलो कार्यक्रम उत्साहजनक रहेको भन्दै जोशीले भन्नुभयो, ‘जनताले एमालेलाई विश्वास गरेका छन् ।’ गठबन्धनमा जोडिएको नेपाली काग्रेँसले यो क्षेत्रमा आफ्नो उम्मेदवार समेत पाउन नसकेको कारण जनता काग्रेसप्रति उत्साहित छैनन जोशी भन्नुहुन्छ, ‘आफु यही माटोमा हुर्किएको र विकास गर्न सक्ने क्षमता आफुमा जनताले देखेका छन् ।’
यसैबीच नेकपा एमालेका प्रदेश कमिटी सदस्य धर्मानन्द मन्याल, उमेशसिह खत्री लगायतको टोली अपिहिमाल गाउँपालिका ६ मा पुगेका छन् । लेकममा निर्वाचन परिचालन कमिटीलाई सक्रिय बनाउने, निर्वाचन बुथ संरक्षण युवा दस्ता बनाउने काम भइरहेको छ । दुहुँ गाउँपालिकामा एकैपटक पाँचवटै वडामा निर्वाचन परिचालन कमिटी बस्ने भएको छ । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, नौगाड गाउँपालिका, व्याँस गाउँपालिकामा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र पालिका कमिटी इन्चार्ज अध्यक्षलाई निर्वाचनको काममा परिचालन गर्न निर्देशन भएको एमाले जिल्ला कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।
लेकम गाउँपालिकामा इन्चार्ज प्रमानन्द जोशी प्रदेश कमिटी सदस्य इन्द्रसिह विष्ट र दानीराम पार्की नेतृत्वको टोली लेकम गाउँपालिकामा खटिएको छ । आज लेकम गाउँपालिका वडा नम्बर ५ मा प्रचारप्रसार कमिटी गठन गरिएको छ । लेकमको वडा नम्बर ५ मा बलदेव बोहरा संयोजक र राधाबल्लब जोशी सहसंयोजक रहने गरि ६० सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य इन्द्रसिंह बिष्ट, दानिराम पार्की, जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम इन्चार्ज परमानन्द जोशी, लेकम गाउँपालिका उपाध्यक्ष एबं एमाले जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशी लगायतको आतिथ्यता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया