गोकुलेश्वर र पस्तीमा स्वास्थ्य शिविर सम्पन्न, १,१७७ ले सेवा पाए, भोलिदेखि खलंगामा

दार्चुला । दार्चुलामा असोज ३० गते देखि बृहत स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । कात्तिक ४ गते सम्म सञ्चालन हुने सुदूर स्वास्थ्य निदान पालिका स्तरीय बृहत स्वास्थ्य शिविरको बुधबार मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्तीमा समापन गरेर स्वास्थ्यकर्मीको टोली दार्चुला सदरमुकाम खलंगा प्रस्थान गरेको छ ।

दार्चुलाका तीन स्थानीय तहमा आयोजना हुने शिविर दुई पालिकामा सम्पन्न भइसकेको र बिहिबार र शुक्रबार दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका–४ खलंगामा आयोजना गरिने शिविर संयोजक दिवानसिह धामीले जानकारी दिनुभयो । कात्तिक १ र २ गते पस्तीमा आयोजित शिविरबाट ७४३ बिरामीले उपचार तथा परामर्श सेवा पाएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो । असोज ३० र ३१ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सम्पन्न शिविरमा ४३४ जनाले सेवा पाएको शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवदत्त जोशीले बताउनुभयो । कात्तिक ३ र ४ गते दार्चुला सदरमुकाम खलंगामा शिविर सञ्चालनको तयारी गरिएको छ । शिविरबाट चार दिनमा एक हजार १७७ जना बिरामीले सेवा पाएका छन् ।

सम्बन्धित स्थानीय तहको आयोजना तथा युथ भोलिन्टर ग्रुपको संयोजन र बिर अस्पत्तालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको शिविरका संयोजक धामीले बताउनुभयो । संबिधानले स्वास्थ्यलाई समान पहुँच र निःशुल्क बनाउने मौलिक हकको रुपमा राखे पनि देशको भौगोलिक बिकटता, स्वास्थ्य उपकरणको अभाव, स्वास्थ्य जनशक्तिको अभावकै कारण सबै ठाउँमा पहुँच र निःशुल्क गर्न नसकिएको अवस्थामा स्थानीय स्तरबाट पहुँच भए जनसमुदाय सम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यका निम्ति हामीले उक्त कार्यक्रमलाई संचालन गर्न समन्वय गरेका हौँ, उहाँले भन्नुभयो । यहाँबाट टाढा गएर बिशेषज्ञ डक्टरहरुसंगको पहुँचमा पुग्न नसकेको समुदाय स्तरमा स्वास्थ्यको परामर्श दिन र स्थानीय स्तरमै बिरामीहरुको रोग पत्ता लगाएर कुनै गम्भिर खालका बिरामी, आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाएका बिरामीहरुलाई आर्थिक भार नपर्ने गरी बीर अस्पत्तालको सेवा दिइरहेको उहाँले बताउनुभयो ।

शिविरमा वरिष्ठ हाड जोर्नि तथा नसा रोग सम्बन्धि विषेशज्ञ डा. बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग विषेशज्ञ डा. केसब आचार्य, मानसिक रोग विषेशज्ञ डा. ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन डा. निरन महर्जन र फिजियोथेरापिस्ट डा. धनेन्द्र नाथले सेवा दिइरहेका छन् । शिविरमा उपचार तथा परामर्श निःशुल्क गरिएको आयोजकले जनाएको छ । शिविरमा बिरामी तथा सेवाग्राहीको भिड लागेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?