दार्चुला । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोली तीन दिन अपिहिमाल गाउँपालिकामा बिताएर फर्कियो । अपिहिमाल गाउँपालिकाका सबै वडा पुगेर उत्साहित हुँदै टोली फर्किएको नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।
स्थानीय तहमा पराजय भोगेका कारण पनि यो पटक एमालेको नेतृत्व गाउँ पुगेपछि निराश भएका कार्यकर्तामा उर्जा थपिएको छ, उहाँले भन्नुभयो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले पराजय भोगेको बदला प्रदेश र संघीय निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउने गरि कार्यकर्ता परिचालनको नीति बनाइएको छ, मन्यालले भन्नुभयो, उम्मेदवारहरुको उपस्थितिले कार्यकर्तामा थप उत्साह थपिएको छ ।
उम्मेदवार गाउँ पुगेपछि एमालेबाट अलग भएर गएका अपिहिमाल गाउँपालिका वडा नम्बर २ का भुरी धामी घर फर्किनुभएको छ । ०७४ को स्थानीय निर्वाचनमा वडा कमिटी सदस्यमा निर्वाचित धामी एमाले जिताउने संकल्प लिएर घर फर्किनुभएको हो । यस्तै काग्रेसका क्रियाशिल सदस्य चन्द्रसिह लोथ्याल र गोरे धामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उनीहरुलाई प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले टिका लगाएर प्रवेश गराउनुभयो ।
पूर्व मन्त्री समेत रहनुभएका ठगुन्नाले एमालेमात्र सर्वहारा गरिब जनताको पार्टी भएको भन्दै सबैको उचित मूल्यांकलन एमालेले गर्ने बताउनुभयो । यो विशाल पार्टी हो । कार्यक्षमाताका आधारमा हामी उचित जिम्मेवारी दिन्छौ, उहाँले भन्नुभयो । अपिहिमाल गाउँपालिकामा हाम्रो पार्टीको नेतृत्व हुँदा थुप्रै विकास भएका छन् । सबैले देख्ने गरी सिद्धमकरीकोट पदमार्ग हामीले बनायौँ । पर्यटन मन्त्रालयबाट बजेट विनियोजनदेखि निर्वतमान अध्यक्ष धर्मानन्द मन्यालको भिजनका कारण यो पदमार्ग सबैको लागि आकर्षक बनेको छ । एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तादेखि सबै वडा कार्यालय भवन प्रशासकीय भवन, हिलोमुक्त लगायतका आकर्षक कार्यक्रम एमालेले ल्यायो । सबै घरधुरीका ग्याँस वितरण हाम्रा कार्यक्रमभित्र पर्दछन् । ठगुन्नाले भन्नुभयो, विटुले पारिबगर हुदै खण्डेश्वरी जोड्ने सडक अहिलेसम्म यहाँ पुगिसक्थ्यो । तर ठेकेदारले समयमै काम नगरिदिदा केही ढिलाई भयो । हामी यो सडक चाडै गाउँपालिकामा पुर्याउँछौ । मकरीगाडमा हाइड्रोपावर निर्माण अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रको पर्यटन विकासको लागि अझै हामी काम गर्छौ उहाँको भनाई छ ।
अहिले प्रदेश र संघीय निर्वाचन भएको कारण दार्चुलाको समग्र विकासको लागि नेकपा एमालेका उम्मेदवार जिताउन अपिल गर्छौ उहाँले भन्नुभयो । अहिले कोही निराश हुनुपर्ने अवस्था छैन् । विकासको लागि एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने अरु कुनै दल छैनन् । एमालेभित्र अझै कार्यकर्ता र जनताको भावना बुझ्न सक्ने क्षमता रहेको भन्दै मत दिएर जिताउन उहाँले अपिहिमालबासीमा आग्रह गर्नुभयो । स्थानीय तहमा एमाले गठबन्धन भन्दा अगाडी छ, स्थानीय तह निर्वाचनपछि सयौँ कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेस गरेका छन्, त्यसैले दार्चुलामा एमालेको जितलाई कसैले रोक्न सक्दैन ठगुन्नाले भन्नुभयो, दार्चुलाको समग्र विकास र समृद्धिका लागि एमालेले अघि सारेका योजना कार्यक्रमहरु पुरा गर्न एमालेकै नेतृत्व आवश्यक छ ।
यस्तै प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली दुहुँ गाउँपालिका वडा नम्बर ३ को खेती गाउँ हुँदै महाकाली नगरपालिकाको छापरी, सेलामा भेटघाट गरेको छ । महाकाली नगरपालिका भेटघाटपछि टोली लेकम, मालिकार्जुन क्षेत्रमा भेटघाटमा जाने कार्यक्रम तय भएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा समानुपातिक उम्मेदवार दीपा बुढाथोकी नेतृत्वको टोली नौगाड प्रस्थान गरेको छ । नौगाडको होपरीमा मतदाता भेटघाट कार्यक्रम तय भएको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले जानकारी दिुनभयो ।
यसैबीच नेकपा एमालेले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ८ मा निर्वाचन परिचालन कमिटी गठन भएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य मोहनसिह धामी, तिलकसिह धामी लगायतको सहभागिता रहेको थियो । दुहुँ गाउँपलिका वडा नम्बर २ मा जमनसिह बडालको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन भएको छ । वडा नम्बर ३ मा नेकपा एमालेको वडा कमिटी बैठक सम्पन्न भएको छ ।
लेकम गाउँपालिकाका सबै वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन गरि उनीहरुलाई निर्वाचन परिचालनबारे जानकारी दिने र प्रचारप्रसार गर्ने काम भइरहेको जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम इन्चार्ज परमानन्द जोशीले बताउनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया