दार्चुलाको सामानुपातिक मतपत्र आइपुग्यो

दार्चुला । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र ढुवानी गरिरहेको छ । राजधानीबाट टाढाको जिल्ला दार्चुलामा सामानुपातिक प्रणालीतर्फको मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ८९ हजार १४१ मतदाता रहेका छन्, प्रदेश र प्रतिनिधिसभामा त्यसको दोब्बर मतपत्र प्रयोग हुने अनुमान छ । थप आवश्यक पर्नसक्ने मतपत्र समेत गरी प्रदेश र प्रतिनिधिसभाका लागि करिब दुई लाख मतपत्र जिल्ला आइपुगेको बताइएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि करिब दुई लाख मतपत्र दार्चुला आइपुगेको र प्रतक्षतर्फको मतपत्र केही दिनभित्रै आइपुग्ने बताइएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा उच्च सुरक्षासहित मतपत्र छपाइ भइरहेको छ । सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइको काम सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?