दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिको केन्द्रमा विद्युत विस्तार गरिएको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन गाउँपालिकाको केन्द्रसम्म विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोश प्रकाश जोशीले जानकारी दिनुभयो । हिजो लक्ष्मी पुजाका दिन धामीगाउँमा बिजुली बलेको उहाँले बताउनुभयो ।
धामी गाउँ लगायत आसपासका क्षेत्रमा बिजुली पुगेको बताइएको छ । वडा नम्बर ७ अन्तर्गत पर्ने धामीगाउँ, बशन्तपुरलगायत गाउँमा ११ केभीको प्रशारण लाइनमार्फत बिजुली पुगेपछि निक्कै खुसी लागेको स्थानीय दीपक जोशीले बताउनुभयो । लामो समय देखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि खुसी लागेको उहाँको भनाई छ । गाउँपालिकाले उज्यालो डिलाशैनी अभियान अन्तर्गत विद्युत विस्तार कार्यमा तिब्रता दिएको छ । यस अघि वडा नम्बर ५ को कार्यालय सम्म विद्युत विस्तार गरिएको थियो ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन वडा नम्बर ५ र गाउँपालिका केनद्रमा समेत बिजुली पुगिसकेको छ । अब पालिकाका अन्य वस्तीमा पनि विद्युत विस्तार भइरहेको बताइएको छ । पालिकाका विद्युत विस्तार नभएका सबै वडाहरुमा विद्युत विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टले जानकारी दिनुभयो । जनप्रतिनिधिहरुले चुनावमा गरेका वाचा अनुसार काम गर्न थालेपछि स्थानीय नागरिकहरु हर्षित भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया