तिहारमा पनि चुनावी अभियान, बलाँचमा २० जना एमाले प्रवेस, लेकममा बुथ कमिटी गठन

दार्चुला । दशैँ तिहारमा पनि नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशी, प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेव जोशी घरदैलो अभियानमै व्यस्त छन् । सबैलाई तिहारले छोइसक्दा पनि एमालेका नेतृत्व भने जनतासँगै तिहारमा व्यस्त छन् । उनीहरुले तिहारमा मतदातासँगै तिहार मनाउने बताएका छन् । मंगलबार ठगुन्ना र जोशी नेतृत्वको टोलीले शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा भेटघाट गरेको छ ।

शैल्यशिखरमा भएको कार्यक्रममा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि २० जनाले नेकपा एमाले प्रवेश गरेको एमाले प्रदेश कमिटी सदस्य लालबहादुर विकले जानकारी दिनुभयो । यस्तै प्रदेश सभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली महाकाली नगरपालिका वडा नम्बर ६ मा घरदैलो गरेको छ । नेकपा एमाले प्रदेश समानुपातिक उम्मेदवार दीपा बुढाथोकी नेतृत्वको टोली नौगाड गाउँपालिका सिप्टी हुँदै मार्मा गाउँपालिका वडा नम्बर ६ मौरे भेटघाटमा व्यस्त रहेको नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ ।

लेकमका विभिन्न वडामा बुथ कमिटी गठन
नेकपा एमालेले लेकम गाउँपालिकामा वडा निर्वाचन परिचालन कमिटी गठन गरेपछि बुथ परिचालन कमिटी गठन गर्न थालेको छ । आज लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीको ऐडिबाग माबि बुथको बुथ कमिटी गठन गरिएको छ । वडा निर्वाचन परिचालन कमिटी सहसंयोजक राधावल्लब जोशीको अध्यक्षतामा बैठक बसी ऐडिबागको बुथ कमिटी गठन गरिएको हो । केशवदत्त जोशी केस्या संयोजक र जनकराज जोशी सहसंयोजक रहनेगरी २७ सदस्यिय युवा बुथ कमिटी गठन गरिएको छ । यस्तै नरेन्द्रराज जोशी संयोजक र देबिदत्त जोशी सहसंयोजक रहने गरी २१ सदस्यिय बृद्ध सल्लाहकार बुथ कमिटी गठन गरिएको वडा कमिटी अध्यक्ष केशवराज जोशीले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका उपाध्यक्ष एबं एमाले जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशीको प्रमुख आतिथ्यतामा सर्मोली, बित्थड र रिठाचौपातामा पनि निर्वाचन बुथ परिचालन कमिटी गठन गरिएको छ । गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यतामा खरकडामा ओडिगाउँ र खरकडाको बुथ परिचालन कमिटी गठन गरिएको छ । लालीमा एमाले प्रदेश कमिटी सदस्य दानिराम पार्कीको प्रमुख आतिथ्यतामा बुथ कमिटी गठन गरिएको बताइएको छ । बुथ कमिटी गठन गरेपनि घरदैलो भेटघाट गर्ने लगायतका कार्यक्रम रहेको नेकपा एमाले लेकम गाउँकमिटीले जनाएको छ ।

सायद ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद १३ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, रूख तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू, रूख तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद ८ जना मानिसहरू, उभिएका मानिसहरू, रूख तथा घरबाहिर को तस्बिर हुनसक्छ

सायद ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?