लक्ष्मण बिष्ट एमालेमै फर्किए, ठगुन्ना नेतृत्वको टोली शैल्यशिखरमा, मतदातासंगै तिहार

दार्चुला । नेकपा एमालेको मूलप्रचार टोली शैल्यशिखर नगरपालिकामा प्रचारप्रसार गरिरहेको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी लगायतको टोली शैल्यशिखर नगरपालिकाको विभिन्न वडामा गाउँबस्ती भेटघाट गरेर गोकुलेश्वर पुगेको छ । आजै शैल्यशिखरको वडा नम्बर ९, ७ र ८ मा मतदाता भेटघाट गरेर लेकम गाउँपालिका वडा नम्बर ६ पुग्ने कार्यक्रम रहेको छ । विहिबार शैल्यशिखरको वडा नम्बर २, ३ र ९ मा भेटघाट गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेशसिंह ठगुन्नाले बताउनुभयो । नायलमा भएको भेटघाटका क्रममा नेकपा एमाले शैल्यशिखर नगरपालिका वडा नम्बर ९ प्रचार कमिटी संयोजक लक्ष्मणराज बिष्ट नेकपा एमालेमै फर्किनुभएको छ । केही दिन पहिले बिष्ट माओबादी प्रवेस गर्नुभएको थियो । एमाले नै राष्ट्रियता, विकास, समृद्धि र नागरिकको सामाजिक सुरक्षा गर्ने प्रमुख पार्टी भएको महसुस गर्दै आफु एमालेमै फर्किएको बिष्टले बताउनुभयो । आज शैल्यशिखरको वडा नम्बर ९, ७, ८ मा प्रचारकार्यमा खटिएको उहाँको भनाई छ ।

कार्यकर्ता भेटघाटको क्रममा प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले दुई दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल आफुले सुरु गरेको भन्दै आगामी दुई वर्षभित्र पूरा गराउने बताउनुभयो । यो विमानस्थल पुर्ननिर्माणको काम सुरु भएको छ । मैले मन्त्री हुँदा ५० करोडको बहुबर्षिय ठेक्का लागेर काम सुरु भएको हो, उहाँले भन्नुभयो, आगामी दुई बर्षभित्र पुर्ननिर्माणको काम सक्ने गरी काम हुन्छ । यो पूरा गराउन एकपटक जिल्लाबासीले मत दिएर पूरा गराउने काममा लगाउनुहोस् । यसअघि पनि थुप्रै व्यक्ति सरकारमा गए मन्त्री भए तर विमानस्थल निर्माणको काम किन गर्न सकेनन्, जनताले सोध्नुपर्छ उहाँको भनाई छ । जिल्लाकै दोस्रो महत्वपूर्ण सडक खलंगा–खार–देथला–बिटुले–पारिबगर–खण्डेश्वरी सडकको ३५ करोड बजेट विनियोजन भएर निर्माणको कामअघि बढेको छ । तत्पश्चात नेकपा एमालेको सरकारले यो सडकलाई रणनीतिक सडकअन्तर्गत ६० करोड थप बजेट बिनियोजन गरेको छ । दार्चुला–तिंकर सडकमा एमाले सरकारमा हुँदा एक अर्व ३ करोड बजेट विनियोजन भएको थियो । अहिले जिल्लाका मन्त्री हुँदा कति बजेट छ, पूर्वमन्त्री ठगुन्नाले भन्नुभयो, जनताले सोध्नुहोस् तिंकर सडकमा कति बजेट छ ।

राताकाठामा अड्कीएको सडक आफ्नो पहलमा अघि बढेको भन्दै उहाँले भन्नुभयो, हाम्रै सरकारमा भएको बेला नेपाली सेनालाई दिएर निर्माण कामअघि बढेको छ । अहिलेको निर्वाचन राष्ट्यि नीति र राष्ट्यि सरकार बनाउने चुनाव हो । कुनै पनि व्यक्ति जिताउने हराउनेभन्दा पनि राष्ट् बनाउने र आफ्नो नीति कार्यान्वयन गर्न एमालेको सरकार आवश्यक रहेको उहाँले सम्बोधनको क्रममा बताउनुभयो । जनतालाई विकास मात्र हैन सामाजिक सुरक्षा अन्तर्गत पनि थुप्रै काम गरेको नेता ठगुन्नाको भनाई छ । एमाले जहिल्यै गरिब जनताको पक्षमा हुन्छ । परमादेशी सरकारले पनि बजेट ल्यायो । तर सामाजिक सुरक्षाका क्षेत्रमा किन बजेट बढाउन सकेनन् । उहाँले थप्नुभयो, अहिलेको काग्रेस माओवादीको सरकार गरिब जनतालाई हैन्, आफ्ना कार्यकर्तालाई कमिशन दिएर आफुमात्रै कमाउने योजनामा लागेको छ ।

यस्तै केन्द्रीय समपुरक अनुदान अन्तर्गत गोकुलेश्वर–बोहरीगाँउ–बन्तोली सडक र तपोवन–मुरै–सिप्टी सडकमा एक अर्ब १० करोड रकम बिनियोजन गरि निर्माणको कामअघि बढेको उहाँले बताउनुभयो । समपुरक अनुदानअन्तर्गत गोकुलेश्वर–लाली सडक, होपरी–सिप्टी सडक, जामीर–ईयरकोट–सामपाङ्ग सडक, ऐरिछाना–डाडाकोट सडक, लटिनाथ–सार्सि–बजानी सडक, पारिबगड–गुल्जर–परमचुली सडक, देथला–रानिशिखर–आगर सडकलगायतका सडकहरु सञ्चालनमा छन् । शैल्यशिखर नगरपालिका वाडा नम्बर २ को कुकुडेपानीमा भएको मतदाता भेटघाट कार्यक्रममा टिकाराम विक, तेजराम विक, अशोक लावड, चन्नरराम लावड, सर्पे ओड, दिलाराम महर, मानसिंह धामी, कृष्ण महर र ०५४ सालमा रानिशिखर गाविस ४ बाट निर्वाचित नेपाली काग्रेसका निदराम भट्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

यसैबीच प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली महाकाली नगरपालिकाका विभिन्न बस्तीमा भेटघाट अभियानमा व्यस्त छ । भने सामानुपातिक उम्मेदवार दीपा बुढाथोकी नौगाड हुँदे मार्मा क्षेत्रमा घरदैलो अभियानमा छ । चुनावी अभियानअन्तर्गत महाकाली नगरपालिकाको असिगडामा निर्वाचन टोल परिचालन कमिटी गठन गरिएको छ । लेकममा बुथ परिचालन कमिटी गठन गरिएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशीले जानकारी दिनुभयो ।

सायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?